प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले लिए सपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले एक विशेष समारोहकाबीच पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सिंहदरबारस्थित नवनिर्मित संघीय संसद्को अस्थायी रुपमा बनेको बहुउद्देश्यीय हलमा उनीहरुलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका थिए । ज्येष्ठ सदस्य केसीलाई भने राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार शपथ गराएका थिए ।

संघीय संसद् सचिवालयका अनुसार नवनिर्मित प्रतिनिधिसभाको हल तयार नभएकाले सांसदहरूको शपथ बहुउद्देश्यीय हलमा गरिएको हो । अब संसद्का केही प्रारम्भिक बैठक पनि सोही हलमा बस्ने सचिवालयले जनाएको छ । उक्त हलमा दलको सिट संख्याका आधारमा दलहरूको बस्ने ठाउँ तय गरेको छ ।

 

फागुन २१ मा भएको निर्वाचनबाट निर्वाचित सांसदहरु आज विभिन्न जातजातिको भेषभूषामा देखिएका थिए । जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु थिए । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले शपथ पनि आफ्नै मातृभाषामा लिएका थिए ।

शपथ कार्यक्रम सकिएलगत्तै सांसदहरूलाई संघीय संसद् सचिवालयले संविधान, प्रतिनिधिसभा नियमावली र संयुक्त बैठक संचालन नियमावलीसहितको झोला पनि उपलब्ध गराएको थियो ।

  • तस्वीरहरू: घनश्याम श्रेष्ठ / एनएफपिजे नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *