काठमाडौं :
पूर्व महाराजाधिराज ज्ञानेन्द्र शाहले परिवारका सदस्यहरूसँग काठमाडौंको शिवपुरीस्थित सोल्टी रिसोर्टमा आफ्नो ८०औँ जन्मोत्सव मनाएका छन्।

जन्मोत्सव समारोहमा पूर्व बडामहारानी कोमल शाह, छोरा पारस शाह, बुहारी हिमानी शाह, नाति हृदयेन्द्र शाह, नातिनी पूर्णिका शाह तथा पूर्व राजपरिवारका अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।

परिवारजनबाट जन्मोत्सव समारोहमा पुर्व महाराजाधिराज ज्ञानेन्द्रबाट शुभकामना ग्रहण गरिएको बताईएको छ।।


