ग्राबन्यूज, काठमाडौं

फर्जी जन्मदर्ताको आधारमा नागरिकता बनाएर लिखित सम्बन्धी कसूर गरेको आरोपमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई मंगलबार बिहान ठोरी क्षेत्रबाट पक्राउ गरिएको छ। अर्काकी छोरीलाई आफ्नो भनी जन्मदर्ता गरेर नागरिकता, राहदानी बनाई विदेश पठाएको आरोप राजेशमानमाथि लागेको छ। उनीविरूद्ध जेठ ८ गते नागरिकता लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको थियो। पर्सा जिल्ला अदालतले लिखत सम्बन्धी मुद्दामा राजेशमान, सिन्धुपाल्चोकको इन्द्रावती नगरपालिकाकी रिता भट्टराई र वीरगञ्ज महानगरपालिकाका वडा नम्बर ३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी राय विरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। अर्काकी छोरीलाई आफ्नो भनी जन्मदर्ता गरेर नागरिकता, राहदानी बनाई विदेश पठाएको आरोप राजेशमानमाथि लागेको छ। त्यही कसुरमा राजेशमान विरूद्ध पर्सा जिल्ला अदालतमा लिखतसम्बन्धी कसुर, झूटा विवरण पेस गरी नागरिकता र राहदानी बनाएको आरोपमा मुद्दा चलिरहेको छ। त्यसमध्ये नागरिकता लिखतसम्बन्धी कसुरको मुद्दामा अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। उक्त मुद्दामा मुलुकी अपराध संहिता २०७४ अनुसार सरकारी वा सार्वजनिक लिखत कसुर गर्नेलाई सात वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरिवाना माग दाबी गरिएको छ। प्रहरीले आजै उनलाई अदालत हाजिर गराउने तयारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *