ग्राबन्यूज, काठमाडौं ।
२०८२ साउन १ गतेदेखि २०८३ जेठ मसान्तसम्मको ११ महिनामा वैदेशिक रोजगारीका क्रममा एक हजार ४३८ नेपालीको मृत्यु भएको छ ।
वैदेशिक रोजगार बोर्डले सार्वजनीक गरेको तथ्यांक अनुसार प्रत्येक महिना औसतमा १३० जनाभन्दा बढी र प्रत्येक दिन चारजनाभन्दा बढी नेपालीको मृत्यु भएको र पछिल्लो १० वर्ष ११ महिनामा वैदेशिक रोजगारीका सिलसिलामा १२ हजार १३२ नेपालीको मृत्यु भएको छ ।
बोर्डका अनुसार, गत जेठ महिनामा मात्र वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा १४४ नेपालीको मृत्यु भएको छ । वैदेशिक रोजगारीका क्रममा आर्थिक वर्ष २०७२र७३ मा ८१६ जना, २०७३र७४ मा ७५६ जना, २०७४/७५ मा ८२१ जना, २०७५/७६ मा ७५४ जना र २०७६/७७ मा ६६१ जना नेपालीले ज्यान गुमाएका थिए । यस्तै, आर्थिक वर्ष २०७७/ ७८ मा एक हजार २४२ जना, २०७८/ ७९ मा एक हजार ३९५ जना, २०७९/८० मा एक हजार २०८ जना, २०८०/८१ मा एक हजार ४५८ जना, २०८१/८२ मा एक हजार ५८३ जनाले ज्यान गुमाएका छन् ।