आफ्नो अद्वितीय भौगोलिक बनोट र प्राकृतिक सुन्दरताका लागि प्रसिद्ध , हरियाली जङ्गल र हिउँले ढाकिएका हिमालहरूले चारैतिरबाट घेरेको , छिनछिनमा आफ्नो रुप बदली रहने सुन्दर प्रकृतिको उपहार हो यो ताल ।समुद्री सतहबाट ३ हजार ९ सय ९० मिटर उचाइमा रहेको शे–फोक्सुण्डो तालको गहिराई ६ सय ५० मिटर छ । ४.८ किलोमिटर लम्बाई र १.८ किलोमिटर चौडाई क्षेत्रफलमा फैलिएको यो ताल नेपालकै गहिरो तालको रुपमा मानिन्छ । यात्राको क्रममा चिया, उवा, गहुँको सातु, उसिनेको आलु र फापरको रोटी खादा भने पर्यटकहरू रमाउने गरेका छन्।फोक्सुण्डो पुग्न जिल्ला सदरमुकाम दुनै बजारबाट २ दिनको पैदल यात्रा गर्नुपर्छ ।

फोटो : प्रकाश गोपाली

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *